Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

loading views..
Nepal Telcome

पोखरा। दुग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागु हुनेगरी दुधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ ।

१७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पुऱ्याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पुऱ्याउने निर्णय गरेको थियो। राजधानी दैनिकमा खबर छापिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link