Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

अरुण नदीको बेलिब्रिज लच्कियो,तीन वटा ट्रक फसे

loading views..
Nepal Telcome

पोखरा। संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज लच्किएको छ ।संखुवासभाको मकालु गाउँपालिका-५ को नुम र १ को वालुङ जोड्ने बेलिब्रिज शनिबार दिउँसो लच्किएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज लच्चिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तीन वटा ट्रकको लोडका कारण बेलिब्रिज लच्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले  जानकारी दिनुभयो । ‘पुल पूरै भाच्चिएको होइन, लच्किएर नदीसम्म पुगेको छ, टुटेको छैन, तीन वटै ट्रक पुलको बीचमा अल्झिएका छन्,नदीमै खसेका छैनन्’- उहाँले भन्नुभयो ।

मानवीय क्षति नभएकाे डीएसपी सुवेदीले बताउनुभयो ।उहाँका अनुसार तीन वटै ट्रकका चालक र सहचालक बेलिब्रिज लच्किनासाथ बाहिर निस्किएका थिए । पुलको क्षमता भन्दा बढी सामग्री बोकेर एकैपटक तीन वटा ट्रक तर्ने क्रममा बढी लोड भएर बीचको भाग लच्किएको हो ।उहाँका अनुसार ती ट्रकले निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएका थिए । बेलिब्रिज लच्किएपछि आवतजावत ठप्प भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link