प्रजातन्त्र दिवसको अवसरमा आज दिनभर टेलिकमको भोल्टे निःशुल्क, रिचार्जमा डेटा बोनस

प्रजातन्त्र दिवसको अवसरमा आज दिनभर टेलिकमको भोल्टे निःशुल्क, रिचार्जमा डेटा बोनस

  • शनिबार, फाल्गुन ७ २०७८

पोखरा। नेपाल टेलिकमले आज फागुन ७ गतेका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक दिनका लागि भ्वाइस ओभर एलटीई अर्थात भोल्टे कल निःशुल्क सहितको अफर ल्याएको हो ।
अफर अन्तर्गत कम्पनीले एमपोसबाट गरिने रिचार्जमा बोनसको रुपमा डेटा डेटा समेत उपलब्ध गराउने छ । यो अफर आज एक दिनका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत दुई सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० अथवा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.