Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

सम्भावित उमेदवारको रोस्टर तयार पारेर पठाऊःप्रचण्ड

loading views..
Nepal Telcome

पोखरा।स्थानीय तह निर्वाचनको तयारी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पार्टीका तल्लो तहका कमिटीलाई सम्भावित उमेदवारको रोस्टर तयार पारेर पठाउन पत्रचार गरेका छन् । पार्टीबाट सम्भावित उम्मेदवारको रोस्टर तयार गर्नका लागि दाहालले स्थानीय र जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् ।

दाहालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘वडामा सक्षम, इमानदार र लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्ने ।’ वडामा सकरात्मक प्रभाव पार्ने व्यक्ति, शिक्षक, कर्मचारी, स्थानीय क्लबमा आबद्ध युवाहरू, विभिन्न धार्मिक समूह र प्रतिष्ठानमा आबद्ध व्यक्ति, ज्योतिष, धामीझाँक्री र धर्म गुरुहरूको नामावली संकलन गर्न र उनीहरूको राजनीतिक झुकावको पहिचान गर्न पनि परिपत्रमा उल्लेख छ । त्यस्तै, स्थानीय तहका मतदाताको नामावली तयार गर्न र उनीहरूको राजनीतिक झुकाव पहिचान गर्न निर्देशन छ।

दाहालको परिपत्रमा जिल्ला समन्वय समिति, नगर र गाउँ, वडा लगायत सबै तहका पार्टी समितिहरू र विधानले व्यवस्था गरे बमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागहरूलाई पूर्णता दिन भनेका छन् । ‘एक वडा, तीन टोल र एक टोल तीन सेल’ को समिति गठन गर्ने पार्टी निर्णय लागू गर्न पनि दाहालले परिपत्र जारी गरेका छन् । संगठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा संगठित गर्न पनि परिपत्रमा उल्लेख छ ।

परिपत्र

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सम्भव भएसम्म केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्न पनि परिपत्रमा उल्लेख छ । जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बस्न पनि भनिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link