Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

एमसीसीको बिरोध गरेर सरकारमा बसीरहन नैतिकता पनि लजाउँछःगगनकुमार थापा

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए।

उनले भने,‘सरकारमा बसेर सरकारको प्रस्तावको विरूद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं। तर सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेरसँगै बसौं। फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन।’

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे।

एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने उनले बताए।

उनले भने, ‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतामा  गएर भन्दछौं। सिङ्गो पार्टी एमसीसीका पक्षमा छ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link