Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

नेष्डोमा २५ लाख ३२ हजार बढी आवेदकको हात खाली

loading views..
Nepal Telcome

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मंगलबार बिहान हुने भएको छ ।

आईपीओ बाँडफाँडका मंगलबार बिहान ९ बजेपछि समय तालिका निर्धारण गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले पोखराप्रेसलाई जानकारी दिएको छ । क्यापिटलले आइतबार सेयर बाँडफाँडका लागि आइतबार आईपीओको प्रि-अलमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ ।

लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर खरीदका दागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जसमा ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link