Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

महिलासँग मेयर कार्यक्रम अन्तर्गत साइकल वितरण

loading views..
Nepal Telcome

चितवन। भरतपुर महानगरका विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत साइकल वितरण गरेको हो । २ बर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्तर्गत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साईकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखले जनाएको छ । महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साईकल प्रदान गरिसकेको छ ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिइन । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्।एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रुपमा छात्राहरु पश्चिम चितवनको भीमनगर माविबाट साईकल वितरण गरेका थिए ।

सो अवसर बोल्दै मेयर रेनु दाहालले स्थानिय सरकारले गरेको शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिइन । उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् ।

साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link