Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

फुटको संघारमा विप्लब समुह

loading views..
Nepal Telcome

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा विवाद चर्किदा पार्टी फुटको डिलमा पुगेको छ । केन्द्रीय समिति बैठकमा बोल्ने केहि केन्द्रीय सदस्यहरुले चुनाव उपयोग गर्ने आफ्नो प्रस्तावको विपक्षमा धारणा राखेपछि महासचिव विप्लवले बैठक स्थगित गरेका थिए। केन्द्रीय समिति बैठकमा उठेका धारणाबारे निर्णय गर्न बस्ने भनिएको सचिवालय बैठक रोकेर महासचिव विप्लवले शुक्रबार राती चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर भनेर चिनिएका सचिवालय सदस्यहरु हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलासँग छुट्टै परामर्श गरे पनि एकमत हुन सकेको छैन । यस अघिका निर्वाचनमा चुनाव वहिस्कार गर्दै आएको विप्लव नेकपाका कार्यक्रर्ता चुनावमा सामेल विभिन्न दल र मोहन वैद्य किरणको नेतृत्वको दलमा जानेक्रम नरोकिएपछि खिईदै गएको छ ।

चुनावको पक्षमा
नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ओमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झाक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।

राजनीतिक प्रस्ताव (चुनाव) को विपक्षमा
हेमन्तप्रकाश वली, धर्मेन्द वास्तोला, चुडामणि वली आदर्श, दिपक चलाउने, प्रज्वलन विजय श्रेष्ठ, सन्देश पौडेल, मोहनलाल चन्द आधार, बलबहादुर वली, शितल, गुणराज लोहनी, ध्रुव घिमिरे विप्लव, सावित्रा दुरा, नवीन विक, बन्दु चन्द, निर्मल थमनसिंह राई, देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेस, पुर्ण सिंह, रुपेश, विकिरण, जुझारु, सुवास वाठामगर, विश्व संगम मुगु, नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर विसि, समर शाही, सविन पोख्रेल, सरद वली, संगम कपिलवस्तु, संगम जाजरकोट, जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा, उभार पुन, कृति वाला थापा ।
सल्लाहकारहरु
असारे काका
चित्रबहादुर आले
दिर्घ पाण्डे
शंकर खड्का
हेम खतिवडा (अनुपस्थित) खबरडबलीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link