Skip to content
Pokharapress Logo
२६ भाद्र २०८३, शुक्रबार

लोसपाको लावा लस्कर बालुवाटारमा!

loading views..
Nepal Telcome

पोखरा।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता, कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।

साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने संकेत गरेका थिए। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएका थिए।

यसैबीच लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले गृहकार्यसमेत गरेका थिए। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link