Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

नारायणकाजी र खड्ग ओलीबीच बालकोटमा दुई घण्टा गोप्य वार्ता!

loading views..
Nepal Telcome

पोखरा।माओबादी र एमालेबीच  पार्टी एकाता भए पश्चात  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभाबशाली नेतृत्वमा रहेका नारायणकाजी श्रेष्ठ र तत्कालीन नेकपाका एउटा अध्यक्ष खड्ग ओलीबीच सम्बन्ध निक्कै तिक्तापूर्ण रहेको कुरा हामी सबैलाई बिदितै छ।त्यसो त नारायणकाजी श्रेष्ठ पनि ओलीको खराब प्रवृत्तिको कट्टर आलोचक थिए।जब पार्टी बिभाजन भयो तबआम कार्यकर्तालाई नेतृत्वको घमण्ड र निहित स्वार्थको कारण  यो बिभाजन भएको कुरा शंका थिएन ।ओली प्रचण्डको घमण्डका कारण करिब दुई तिहाइ सहित  सरकारको नेतृत्व गरेको कम्युनिष्टको सरकारबाट बाहिरिएको ओली पक्ष राष्ट्रिय सभामा नराम्रोसँग बडारियो भने नेपाल वार एशोसियशनको चुनाबमा करिब पत्तासाफ नै भयो। त्यसो त स्थानीय तहको चुनावमा निक्कै कम्जोर देखिएको एमाले यति बेला बाम गठबन्धन बनाउनका लागि भित्र भित्रै कम्मर कसेर लागेको कुरा दिनको घाम जतित्कै छर्लङ्ग छ।यसै सिलसिलामा दर्जौन पटक माओबादीका प्रभाबी युवा नेता वर्षमान पुन सँग कहिले प्रदिप ज्ञावली त कहिले योगेश भट्टराईले दिनहु जसो भेटघाट गरेको कुराले स्पस्ट हुन्छ नै। त्यसो त बिष्णु पौडेलसँग अनन्तको बाक्लो भेटघाट हुँदै आएको कुरा एमाले श्रोतले बताउँदै आएको छ।यसै  बीचमा नेकपा एपाले अहिलेको गठबन्धन भत्काएर वाम गठबन्धन बनाउन लागि परेको छ।

त्यसको पछिल्लो उदाहरण हो नेकपा एमालेका अध्यक्ष केपी ओली माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीचको भेट

एमाले अध्यक्ष केपी ओली र श्रेष्ठबीच आइतबार दुई घन्टा भेटवार्ता भएको थियो ओली भेट्न श्रेष्ठ बालकोटस्थित ओली निवासपुगेका थिए नेता श्रेष्ठले केही दिन अघि मात्रै राष्ट्रिय सभाको बैठकमा कमजोरीहरु समिक्षा गर्दै वाम एकता गर्नुपर्ने धारणा राखेकाथिए उनको यो धारणाले पनि ओलीसँगको भेट संभव बनाएको निकटस्थहरुको टिप्पणी ओलीका प्रेस सहयोगी रामकृष्णबजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको पुष्टि गरे उनले परराष्ट्र नीति लगायत विषयमा कुराकानीभएको बताए एमाले माओवादीबीच सम्बन्धसुधारको प्रयासअन्तर्गतश्रेष्ठले ओलीलाई भेटेको बताइएको छ।   स्थानीय तहकोनिर्वाचनपछि एमाले अध्यक्ष ओली माओवादी केन्द्रका नेता श्रेष्ठ बीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको दुवैनेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको अझ केही दिन अघि मात्रै माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले अहिले एमालेसँगको गठबन्धन संभव नरहेको तत्कालका लागि यही सत्ता गठबन्धननै प्रदेश संघीयचुनावसम्म जाने बताएका थिए तर नेता श्रेष्ठले भने अध्यक्ष अ‍ोलीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link