Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

रामचन्द्रलाई रामकुमारीको चिन्ता…

loading views..
Nepal Telcome

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा विरोध गरेका छन्।

आज ललितपुरमा आयोजित नेपालमा समाजवादस् चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोमा नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि जनाएका हुन्। उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ भन्ने प्रश्न पनि गरेका थिए।

उनले भने ‘ए बाबा एउटा पार्टीका सांसद सरकारमा मन्त्री भएर गएका छन्। चार दिन हुन पाएको छैन, त्यसलाई हटाउन पर्ने ?,’ उनले भने, ‘पालोपालो मन्त्री बनाउनुपर्ने ? सबैको पालो पुर्‍याउनुपर्ने मन्त्री बन्नलाई ? यो कहाँ त्यस्तो हुन्छ ? सबैको पालो पुग्ने कुरा हुन्न।’ ‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ। आउँछ यो देशमा ? कसरी आउँछ?’ पौडेलले भने, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं ? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने ?’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link