Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

नेपाली सेनाद्धारा उत्तरी गोरखा हुँदै चीन जोड्ने १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

loading views..
Nepal Telcome

गोरखा। नेपाली सेनाले उत्तरी गोरखा जोड्ने वेनिघाट आरुघाट लार्केभञ्ज्याङ्ग सडक अन्तरतगको १८ किलोमिटर खण्ड सडक  बिभागलाई हस्तान्तरण गरेको छ ।

हावाडाँडादेखि दोभानसम्मको खण्डमा ट्रयाक खोल्ने काम सकिएकाले सडक बिभागलाई हस्तारन्तरण गरिएको निर्माण कार्यदलका प्रमुख मेजर बिनोद पाण्डेले जानकारी दिनुभयो । सडक बिभाग अन्र्तगत ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपती ज्ञवालीलाई औपचारिक रुपमा सडक हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

सडक हस्तान्तरण गरेसंगै अब उक्त सडक खण्ड मर्मत सम्हार र स्तरोन्नती लगायतको जिम्मेवारी सडक बिभागको हुने मेजर पाण्डेले जानकारी दिनुभयो । हावाडाँडादेखि लार्के भञ्ज्याङ्गसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो । २०७३ मंसिर २६ गतेको मन्त्रीपरिषद बैठकबाट निर्णय भएपश्चात नेपाली सेनाले २०७४ बैशाख महिनाबाट काम शुरु गरेको हो ।

हालसम्म ३२ किलोमिटर ट्रयाक खुलिसकेको निर्माण कार्यदल प्रमुख मेजर भट्टले जानकारी दिनुभयो । ‘फिलिमको पाङसिङसम्म ट्रयाक खुलाइसकेका छौ, तर ठाउँठाउँमा मिलाउन बाँकी छ,’ उहाँले भन्नुभयो ‘सडक बिभागलाई हस्तान्तरण गरेको खण्डमा भने सेनाले जिम्मवारी लिए जति सवै काम सम्पन्न गरेका छौ ।’

बि.स २०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो । आर्थिक बर्ष २०६३/६४ मा वेनिघाट आरुघाट लार्केभञ्ज्याङ्ग सडक नामाकरण गरी सडक बिभागलाई उक्त सडक निर्माणको कार्यभार दिइयो । आर्थिक बर्ष २०६६/६७ मा मात्र उक्त सडक निर्माणको कार्य शुरु भएको सडक हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडी बढ्न सकेको थिएन ।

पुन: २०७३ साल मंसिरमा मन्त्रीपरिषदको बैठकले सो क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि काम अघि बढेको थियो । उक्त सडक लापुवेशी, माछाखोला, जगत, सिर्दिवास बिही, प्रोक, सामागाउँ, साम्दो हुदै चाइना र नेपालको सिमा लार्के भञ्ज्याङ्गसम्म जोडिनेछ ।नागरिक सबालबाट।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link