Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, महासचिवमा पौडेल

loading views..
Nepal Telcome

पोखरा।नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।

केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ  । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link