Skip to content
Pokharapress Logo
२८ बैशाख २०८३, सोमबार

राष्ट्रपतिले नागरिकता संशोधन विधेयकलाई प्रमाणिकरण नगरेकोमा प्रचण्ड आक्रोशित

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

पाँच दिने जापान भ्रमण सकाएर स्वदेश फर्कने क्रममा बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिप्रति असन्तुष्टि जनाएका हुन्।

उनले भने– ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने छ, तर प्रमाणीकरणको लागि ढिला गर्नु हुँदैनथ्यो, ढिला गर्नुभयो।’संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक प्राप्त भएको १५ दिनभित्र कि प्रमाणीकरण गर्ने कि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउने व्यवस्था छ।

नागरिकता संशोधन विधेयकलाई संघीय संसदका दुवै सदनबाट पारित गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा लगेका थिए। तर १० दिन बितिसक्दा समेत प्रमाणीकरण भएको छैन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link