Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

कीर्तिपुरमा पनि डोजर चल्यो

loading views..
Nepal Telcome

कीर्तिपुर।काठमाडौं महानगरका मेयर बालेन शाहले अवैध संरचना हटाइरहँदा कीर्तिपुर नगरपालिकाका मेयर पनि डोजर लिएर निस्किएका छन्। बालेन शाहले तारिफ पाउन थालेपछि कीर्तिपुरका मेयर राजकुमार नकर्मी पनि अवैध संरचना भत्काउन डोजर लिएर निस्किएका हुन्।त्यसो त नगरपालिका वरिपरि नै अबैध संरचनाले घेरिएका मेयरले डोजर  चलाउन हतार गर्नुले फगत सस्तो लोकप्रियता सिबाय अरु के होला र?

मेयर नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका छन् । कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।

नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको छ।अवैध संरचना भत्काउने अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने मेयर नकर्मी बताएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link