Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

सीट बाँडफाँडमा माधव कुमार नेपाल बाधकःरामचन्द्र पौडेल

loading views..
Nepal Telcome

पोखरा।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आगामी निर्वाचनको लागि आफ्नो दल ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले सिट बाँडफाँडबारे आफ्नो पार्टीको यस्तो बटमलाईन सुनाएका हुन् ।

उनले भने-“हामी ९० सिटबाट अब एक सिटपनि तल झर्दैनौं । हामीले यसअघि १०० सिटमा दाबी गरेका थियौं ।” उनले गठबन्धनमा माधव नेपालले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेको आरोप लगाए । माधव नेपालकै कारण सिट बाँडफाँडमा सहमति नभएको उनको आशय थियो ।

गठबन्धनमा आवद्ध दलहरु आफ्नो अडानबाट ब्याक नभएपछि सिटको भागबण्डा अझै टुँगिएको छैन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने भोलिसम्म सबै भागबण्डा टुँगोमा पुग्ने दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले आधा लिने र बाँकी आधामा आफूहरु मिलेर लड्ने बताउँदै आएका छन् ।

धनगढीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले ८० सिटको हाराहारीमा सहमति जनाउने खुलासा गरेका थिए । दाहालको यस्तो खुलासासँगै नेता पौडेलले कांग्रेस ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका हुन् ।

कार्यदलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक आज विहान बस्ने जनाइएको छ । सोही बैठकले भागबण्डा टुँगो लगाउने बताइएको छ ।#रिपोटर्सनेपालबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link