Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चिकित्सक माथि हातपात गर्नेलाई उन्मुक्ति दिन खाेजेकाे भन्दै गाेरखा अस्पतालमा हातमा कालाे पट्टि बाँधेर बिराेध

loading views..
Nepal Telcome

पोखरा। गाेरखा अस्पतालका डा माथि कुटपिट गर्नेलाई उन्मुक्ति दिन खाेजेकाे भन्दै गाेरखा अस्पतालका चिकित्सकहरुले कालाे पट्टि बाँधेर बिराेध जनाएका छन् ।

मंगलबार गाेरखा अस्पतालका चिकित्सकहरु कडा कार्बाहिकाे माग गर्दै गाेरखा अस्पतालमा हातमा कालाे पट्टि बाधेर चिकित्सकहरु काम गरेका छन् ।

गाेरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन हरिकुमार श्रेष्ठले दिएकाे जानकारी अनुसार हामी पहिलाे चरणमा कालाे पट्टि बाँधेर बिराेध गर्छाैं
कानुन अनुसार कुटपिट गर्नेलाई कार्बाहि भएन भने छिट्टै अर्काे निर्णय गर्छाै उनले भने ।हामी नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिल बिक्रम कार्कीकाे नेतृत्व टाेली र अस्पताल टाेली बीच भएकाे बैठकले घट्नलाई न्युनिकरण गर्न खाेजिएकाे निष्कर्ष निकालेका छाैं । केही अमुक सत्ताधारी दलका नेताको कुत्सियत भाबनाले अदालतमा जानू पर्ने मुद्दा प्रशासनमा गएकाले असन्तुषटि जनाएकाे गाेरखा अस्पतालले जनाएकाे छ ।नेपालकाे कानुन अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारिरिक रुपमा चाेटपटक पुर्याए ३ बर्ष सम्मकैद वा तीनलाख सम्म जरिबाना वा दुबै सजाए हुने ब्यबस्था छ । यही अनुसार हातपात गर्नेलाई कानुन अनुसार कार्बाही गर्न जाेडदार माग गर्दछाै उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link