Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

फरार सुचिमा रहेका हत्या आरोपित सांसदले पनि लिए सपथ

loading views..
Nepal Telcome

पोखरा। भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।

कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी–१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए ।

२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै एमालेले टिकट दिएर चुनाव जिताएको हो ।

बिहीबार उनले कानुन निर्माण गर्ने थलोमै सांसदका रूपमा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएको समयमा उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा हालसम्म विचाराधीन छ । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागे पनि उनलाई जनताले सांसद बनाएर पठाएका छन्।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link