Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

नेपाल टेलिकमको साधारण सभा पुस २८ मा गर्दै, प्रति शेयर ४० रुपैयाँ लाभांशको प्रस्ताव

loading views..
Nepal Telcome

काठमाण्डु।नेपाल टेलिकमले आ.व.२०७८/७९ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर चालिस रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पुस २८ गते राष्ट्रिय सभा गृहमा पन्ध्रौं वार्षिक साधारण सभाको आव्हान गर्दै शेयरधनीहरुलाई प्रति शेयर चालिस रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो। उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् मात्र बितरण हुने जनाएको छ।

सो साधारण सभामा आर्थिक वर्ष २०७८ /७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ /७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव तोकिएको छ।

यसैगरी साधारण सभाले लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तीका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link