Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

गण्डकी प्रदेशमा माओबादीको दलको नेतामा हरिबाहदुर चुमान चुनिंदै

loading views..
Nepal Telcome

पोखरा। सधै भरि पद प्रतिष्ठाका लागि आफू आफू बीच गाँड कोराकोर गरेर जनताको तहबाट करिब टाडिएको गण्डकी प्रदेशको नेकपा माओबादी केन्द्रले गण्डकी प्रदेशसभामा संसदिय दलको नेता चयन गर्नका लागि पोखराको पृथ्वी चोक स्थित मजदुर कार्यालयको हलमा गण्डकी प्रदेश कमिटीको बैठक बसिरहेको छ।
संसदिय दलको नेता चयन अघि माओबादी केन्द्रले पार्टी कार्यालय सदस्यको बैठक बोलाएको हो । बैठकमा माओबादी केन्द्रका प्रमुख सचेतक तथा गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डे, पार्टी महासचिव देवप्रसाद गुरुङ लगायत नेताहरुको उपस्थिती रहेको कार्यालयको बैठकमा सहमति कायम गरेर संसदिय दलको बैठक आयोजना गर्ने एक कार्यालय सदस्यले जानकारी दिएका छन्। यद्यपि दलको नेता बन्नको लागि कृष्ण धितालले माथिदेखि नै लबिङ गरिरहेका छन् भने हरिबहादुर चुमान अघिल्लो पटक पनि संसदिय दलको नेता भैसकेको हुनाले आफू निर्बिकल्प दलको नेता हुनेमा ढुक्क छन्। यस अघि पनि गण्डकी प्रदेशसभाको संसदिय दलको नेता तथा माओबादीको तर्फबाट मन्त्री समेत भैसकेका हरि बहादुर चुमानलाई नै दलको नेता बनाउने माओबादीको आन्तरिक तयारी रहेको एक श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link