गाेरखा। गाेरखा जिल्ला बचत तथा ऋण सहकारी संघकाे विशेष साधारण सभा सम्पन्न भएकाे छ ।
शनिबार गाेरखा जिल्ला समन्वय समितिकाे सभाहलमा विशेष साधारण सभा सम्पन्न भएकाे सक्रिय सदस्य राम बाबू श्रेष्ठले जानकारी दिए ।
२०७३ सालमा गाेरखा जिल्लामा बचत सस्थाहरुकाे मातृ संस्था जिल्ला बचत संस्था सहकारी संघकाे स्थापना भएता पनि यसले सक्रिय रुपमा काम गर्न सकेकाे थिएन । सहकारीमा आबद्व प्रतिनिधीहरुकाे विशेष जाेडबलमा याे संस्थाकाे विशेष साधारण सभा भएकाे हाे ।
जसलाई पुनस्थापित गराउन राम बाबू श्रेष्ठकाे संयाेजकत्मा ३ सदस्यीय समिति गठन गरि काम अघि बढाईएकाे जिल्ला सहकारी संघले जनाएकाे छ ।
गाेरखा जिल्लामा रहेकाे ३४ वटा सहकारी संस्थाकाे उपस्थितिमा विशेष साधारण सभाले तिर्थ बहादुर नेपालीकाे अध्यक्षतमा ९ सदस्यीय सञ्चाक समित र ३ सदस्यीय लेखा समिति गठन भएकाे राम बाबू श्रेष्ठले जानकारी दिए ।
जसकाे उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ , महासचिबमा सुशील अर्याल र काेषध्यक्षमा तारा बस्याल निर्बाचित भएकाे जिल्ला सहकारी संघले जनाएकाे छ । लेखा समितिकाे संयाेजकमा भिम बहादुर खत्री चयन भएकाे सहकारी संघले जनाएकाे छ।
बाबुराम थापाकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथि बाबुराम काेइरालाले सम्बाेधन गर्दै सहकारीकाे महत्व र बचत सस्थाकाे छाता संघकाे गठन सबै मिलेर आपसी सहमतिमा अघि बढ्नु पर्ने मन्त्वय राखेका थिए ।