Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माओबादी स्थायी कमिटीको निर्णय सत्ता भन्दा बाहिर नरहने गरि राष्ट्रपतिको चुनावमा एमालेसँग सहकार्य गर्ने

loading views..
Nepal Telcome

काठमाण्डु। नेकपा (माओवादी केन्द्र)को हिजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भयो।

सो बैठकमा गत स्थानीय, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनदेखि हुँदै गरेको राष्ट्रपति निर्वाचनसम्मका विषयमा छलफल भएको थियो।

बैठकले गत प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले अन्तर्घातको विषयमा अध्ययन गर्न नेताहरूको टोली जिल्ला तहमै खटाइने दिए। उनले माघ २६देखि काठमाण्डुमा तर मारेर बसेका नेताहरुलाई जिल्लामा खटाइने बताए।

त्यसैबीचमा माघ २६ देखि फागुन ५ गतेसम्म प्रदेश समन्वय समितिको बैठकसमेत बस्ने उनले बताए।

हिजोको बैठकले पार्टीले दुई महिने अभियान चलाउने निर्णय गरेको प्रवक्ता महराले बताए। दुई महिनामा नेताहरु सबै फिल्डमा जाने र पार्टीपंक्ति मात्र नभइ जनतासँग भेटेर त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्ने कुरा भएको उनले बताए।

सो अभियान फागुन र चैत महिनामा चलाउने निर्णय भएको उनले बताए।

यस्तै, अगामी राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले राष्ट्रिय सहमति गरेर जाने निर्णय गरेको छ। सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नभए जोसँग विचार मिल्छ उसैसँग मिलेर जाने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link