काठमाण्डु। नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा फाइबर इन्टरनेट ग्राहकका लागि विशेष अफर सञ्चालनमा ल्याएको छ ।
नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले इन्टरनेट, टीभी र टेलिफोन सहितको अफर सञ्चालनमा ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकले १२ हजार रुपैयाँमा २० एमबीपीएस गतिको इन्टरनेट सहित एक वर्षका लागि टेलिफोन सेवा र एक टिभी प्रयोग गर्न पाउनेछन् ।
यो अफर नयाँ सेवा जडान गर्ने ग्राहकको हकमा मात्रै लागू हुनेछ ।यो अफर फागुन ७ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.