Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

संघीयता खारेजीकाे माग गर्दै प्रधानमन्त्रीलाई चित्रबहादुरको ज्ञापनपत्र

loading views..
Nepal Telcome
काठमाण्डु ।संघियताको मुखले बिरोध गरेर मिलेसम्म सत्तामाआसिन दलहरुसँग नै घाँटी जोडेर हिढेको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीकाे माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसी सहितको केन्द्रीय प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर संघीयता खारेजी,अनाबश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको एक नेताले बताए ।प्रधानमन्त्री निवास वालुवाटारमा जनमोर्चाका अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link