Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

बालेनको जितले, राहत सबै उम्मेदवारलाई

loading views..
Nepal Telcome

पोखरा। सर्वोच्च अदालतमा दायर एक मुद्दामा कामनपाका मेयर बालेन शाहले जित हासिल गरेका छन । मेयर शाहको पक्षमा सर्वोच्च बाट फैसला आउँदा राहत भने चुनाब खर्च समयमै बुझाउन नसकेका सबै उमेदवारहरुलाई मिलेको छ ।

निर्वाचन आयोगले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन भनेको थियो । तर काठमाडौंका मेयर शाहको रिटमा सर्वोच्चले यस्तो आदेश दिएपछि अब अन्य उम्मेदवारलाई समेत राहत मिलेको छ ।

मेयर बालेन शाहद्वारा दायर एक रिटमा ४ फागुनका दिन फैसला सुनाउँदै सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि कारवाही तत्काल अघि नबढाउन आदेश दिएको छ । उक्त रिट माथि ४ फागुन २०७९ मा सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बालेनलाई तत्काल जरिवाना नगर्न आदेश दिएको हो । संवैधानिक इजलासको उक्त आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link