Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

प्रचण्डले ओलीलाई नबोक्ने पुरानै गठबन्धन बिउतियो

loading views..
Nepal Telcome

काठमाण्डु। नेकपा एमालेसहित सरकारमा सहभागी दललाई बाहिर राखेर चुनाव अघिको ५ दलीय गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको एक नेताले बताए ।  बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल भइरहेको हो।  बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी छन्। बैठक बिहान ९ बजेदेखि जारी रहेको छ।  चुनाव अघिको गठबन्धनले राष्ट्रपतिमा साझा उम्मेदवारी दिने निर्णय गरेमा एमालेलगायत सरकार निर्माण ताका गठन भएको गठबन्धन स्वत विघटन हुनेछ । एमालेले आफ्नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न खोजेको एमाले नेता नेपाल पुरानै गठबन्धनमा फर्किएपछि अप्ठ्यारोमा परेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link