Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

आज नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

loading views..
Nepal Telcome

काठमाण्डु। सत्ता गठबन्धनमा आएको परिवर्तनलाई ऐजेण्डालाई लिएर आज नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका छन् । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link