Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

उपराष्ट्रपतिको मनोनयन आजः सत्ता गठबन्धनबाटै तीन आकांक्षी

loading views..
Nepal Telcome

काठमाण्डु। निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दै छ । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ ।
आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको हो । सो समयभित्र संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि शुक्रबार साँझसम्म सत्ता गठबन्धनबाट तीन जनाको दाबी देखिएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भए पनि जसपासहितका तीन दलले दाबी गरेका हुन् ।
जसपाले बिहीबार नै पार्टीको संसदीय दलका नेतासमेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका हुन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको भए पनि उनको उमेरका कारण उनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सहज छैन । उपराष्ट्रपति बन्न ४५ वर्ष उमेर पूरा हुनुपर्छ । जनमत पार्टीले भने शुक्रबार नै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाएको छैन । एमालेले पार्टीको सचिवालय बैठकबाट आज उम्मेदवार तय गर्दै छ । राजधानी दैनिकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link