Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

इतिहास तथा संस्कृति विभागद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण

loading views..
Nepal Telcome

पोखरा। पृथ्वीनारायण क्याम्पसले इतिहास तथा संस्कृति विभाग,स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ ।
विभागका विभागिय प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको वर्णन र आविष्कारहरूको घटनामा मात्र सीमित छैन।’ पराजुलीले भने– ‘इतिहासले विगतबारे जानकारी दिन्छ । अनुभव र पाठले वर्तमानमा सही दृष्टिकोण तयार गर्न मद्दत मिल्छ ।’यसै गरेर डा. दीर्घमान गुरुङले विद्यार्थीलाई सक्रिय र क्रियायाकलापमुखी बन्न अनुरोध गर्दै इतिहास विगतका ज्ञानको व्यवस्थित निरन्तरता भएकाले भरपूर उपयोग गर्न सुझाव दिए।सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले इतिहासको अध्यनले आलोचनात्मक चिन्तन गर्न सक्ने, सामयिक क्षमता र कौशल भएका जागरुक नागरिक बन्न सकिने बताए। इतिहास अध्ययन महत्वलाई प्रष्ट पार्दै उपप्राध्यापक चन्द्रकान्त पौडेलले सही तरिकाले इतिहास पढ्न सक्यौं भने उपयोगी र ऐतिहासिक काम गर्ने बानी बसाल्न सकिने बताए।उनले भने इतिहासको अध्ययनले मानिसलाई कठिन परिस्थिमा पनि सहजै जिउन सक्ने बनाउँछ।सूचनाको स्रोत पत्ता लगाउन र तिनको समीक्षा गर्न उनीहरू बढी निपूर्ण हुने र प्रमाण तथा कथनहरूको सत्य पहिचान र मूल्याङ्कन गर्ने तरिका पनि उनीहरूले जान्ने बताए ।
उपप्राध्यापक नारायणप्रसाद ढकालले इतिहास तथ्य र प्रमाणसहित हुने र विना तथ्य इतिहास नबन्ने भएकाले सही शिक्षा नै इतिहास भएको ठम्याए । उनले विश्वमा इतिहासको महत्व झन् झन् बढिरहेको उल्लेख गर्दै विश्वभर सबै विश्वविद्यालयहरूमा इतिहासको पढाइ हुने उल्लेख गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link