Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ट्वीटर मोह

loading views..
Nepal Telcome

पोखरा। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएकी छन ।

भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित भएका थिए । फागुन २९ गते उहाँले शपथग्रहण गर्नुभएको थियो । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन्।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टिमलाई बधाई समेत दिएकी छन्। तर राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना समेत भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link