Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

रुग्ण आयोजना समयमै सम्पन्न गर्न प्रयासमा छौ, लगातार अनुगमन गर्छौं: उपप्रधानमन्त्री श्रेष्ठ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ । त्यसका लागि निर्माण व्यबसायीहरुको काममा लगातार अनुगमन गरिरहेको उहाँको भनाइ छ ।

शुक्रबार काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको छ । टोलीमा मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताउनुभयो । ‘निर्माणब्यबसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयहरूको कारण ढिलाई भइरहेको बताउनुभयो । त्यस्तै निर्माण व्यबसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो ।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताउनुभयो ।

गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसैका लागि जनताले रोड ट्याक्स तिर्ने गरेको उहाँले बताउनुभयो । गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । “भैसेपाटी सडकको समस्या अब धेरै रहदैन” उहाले भन्नू भयो “पाइप बिछाउने कार्य पूरा भएको छ। अब एक महिना सडक पिच हुनेछ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link