Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति सभामुखद्वारा फिर्ता

loading views..
Nepal Telcome

पोखरा। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएका छन् ।सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताए ।

गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख सविवादमा तानिएका थिए ।पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरूसँगको भेटमा सच्याएको महासंघका अध्यक्ष विपुल पोखरेलको भनाई छ ।

‘एउटा दुर्घटनाबश गरिएको टिप्पणीलाई संसद् सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनुभएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद् र आफू पूर्ण रूपमा प्रतिबद्ध भएको जानकारी गराउनुभएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौँ ।’, उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link