Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाली काङ्ग्रेसको हठको कारण सत्ता गठबन्धनमा सहमति जुटेन

loading views..
Nepal Telcome

पोखरा। हिजो दस दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो। मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि बैठक आज बस्नेगरी स्थगित भएको हो ।

बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमित हुन नसकेको सहभागी एक नेताले बताए। ‘बैठकमा काङ्ग्रेसले आफ्नो अडान नछोडेको कारण सहमति हुन नसकेको कारण आज बस्ने बैठकमा यसलाई टुंग्याउने कुरा छ,’ बैठकमा सहभागी एक नेताले बताए।

नेपाली कांग्रेसका नेता रमेश लेखकले भने बैठकमा सकारले ल्याउने न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको बताए। उनले मस्यौदामा पनि सबै दलहरूले सुझाव दिएको बताए। ‘भागबण्डाभन्दा पनि आजको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदाका विषयमा छलफल भयो । भोलिसम्म त्यसलाई टुंग्याएर सार्वजनिक गर्ने सल्लाह भएको छ,’ सञ्चारकर्मीसँग उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link