Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका घोषणा गरेका छन् ।

वाग्लेले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफूले पार्टी परित्याग गर्ने निर्णय गरेको बताएका हुन् । उनले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग हुने निर्णय गरेका हुन् ।

उनले पछिल्ला वर्षहरूमा पार्टीभित्रका गतिविधि नियालेको बताउँदै प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको बताएका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भनेका छन् ।

उनले कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेर नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नु पर्ने बताएका छन् ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उल्लेख गरेका छन् ।

यसैबीच वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टी प्रवक्ता मुकुल ढकालले वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका थिए ।

वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणा पत्र तयारी समितिमा थिए । उनी त्यसबेला कांग्रेसबाट चितवन वा काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहना राख्दै आएका थिए ।

https://m.facebook.com/story.php?story_fbid=pfbid0EegScMcW2PS7FsjXKD5rfn2FdsRr4LP3F17ZtJou8fysrs4BZYDyo3Vhq3UGytn5l&id=31526&mibextid=Nif5oz

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link