Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

अखिल नेपाल महिला संघ क्रान्तिकारी गाेरखाकाे संयाेजकमा मालती भट्ट चयन

loading views..
Nepal Telcome

गाेरखा। अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति गाेरखाकाे संयाेजकमा मालती भट्टा चयन भएकी छन् ।

शनिबार गाेरखा सदरमुकाममा भएकाे भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति गाेरखाकाे संयाेजकमा चयन गरेकाे निबर्तमान अध्यक्ष शाेभा लामिछानेले जानकारी दिईन् ।

त्यस्तै गरि सह संयाेजकमा शशी श्रेष्ठ र सचिबमा सर्मिला बगाले चयन गर्दै ८५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएकाे महिला नेत्री शारदा घिमिरेले जानकारी दिएन् ।

शाेभा लामिछानेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापाले महिलाहरु पनि याे देशकाे परिबर्तनमा महत्ब पुर्ण भुमिका निर्बाह गर्दै राष्ट्रकाे पक्षमा याेगदान गर्न जुन सुकै परिस्थितिमा आफुलाई प्रमाणित गरेर अब्बल साबित भईसकेकाे बताईन् ।

गाेरखाले महिलाहरुकाे बिरता प्रर्दशन गरि ईतिहास रचेर नाम कमाउन सफल भएकाले गाेरखाका महिलाहरुलाई धन्यबाद ब्यक्त गरिन् ।

आज माक्सबादकाे बैचारिक हतियारले गर्दा महिलाहरुले विभिन्न क्षेत्रमा फड्काे मारेकाे बिश्बास ब्यक्त गरिन् । आज लेलिन जयन्तीकाे अबसरमा पारेर कार्यक्रम गरिए बापत महिला संघ गाेरखालाई धन्यबाद दिईन् । महिलाहरु घरकाे चुला चाैकामा मात्र सिमित हुनु पर्छ भन्ने भनाइहरुलाई गतिलाे जबाफ दिदै आफुले पाएकाे जिम्मेवारी कुशलता पुर्बक निर्बाह गरेर देखाई सकेकाे पनि उनले बताईन् ।

त्यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्र गाेरखाका ईन्चार्ज अमर तमु, कमला नहर्की, गण्डकी प्रदेशका संयाेजक गीता शाहि,लेख बहादुर थापा मगर, शान्ति लामिछाने, धना तमु,राम बहादुर ढकाल,माेहन बहादुर थापा मगर , गाेरखा नगरपालिकाका मेयर कृष्ण राना ,जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियार,विभिन्न गाउँपालिकाका उप प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link