Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

गोरखामा अदालत परिसर भित्रै आंतक मच्चाउने ३ जना पक्राउ

loading views..
Nepal Telcome

गाेरखा। गाेरखा अदालत परिसर भित्रै होहल्ला गरि अशान्ति मच्चाउने ३ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले आज पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाको मेलमिलाप भवन भित्र रहेको मेलमिलाप केन्द्रमा सम्बन्ध बिच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ३ घर भएका ४८ बर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ घर भएका ३३ बर्षका राजु नेपाली र ३० बर्षका राजिन नेपाली रहेको उनले बताए । दिउँसो करिब २ बजेको समयमा अदालत परिषरमा अंश सम्बन्ध बिच्छेदको मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिहरुको छलफलका क्रममा उनिहरुले जथाभावी हातपात गरि आंतक मच्चाएको डिएसी लामिछानेको भनाई छ ।
पक्राउ परेका तिनै जना बिरुद्ध सार्वजनिक सरक्षा तथा शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरि जिल्ला प्रसासन कार्यालय अनुसन्धान गर्न म्याद थप गरिएको उनले बताए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link