Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

राज्यद्धारा वेपत्ता पूर्ण पौडेलको स्मरणमा पोखरामा प्रतिष्ठान

loading views..
Nepal Telcome

पोखरा।वि.सं २०५९ साल वैशाख १३ गतेका दिन तत्कालीन सरकारले अखिल क्रान्तिकारी महासचिव पुर्ण पौडेललाई राजधानीबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो।जनयुद्धमा,पौडेल नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको शीर्ष तहबाट बेपत्ता पारिनेहरुको पंक्तिमा रहनुभएको छ।पोखरामा पुर्ण पौडेल बेपत्ता भएको दिन पारेर उहाँको स्मरण तथा प्रतिष्ठान घोषणा गरिएको हो।

अग्रज पत्रकार कोमलना बरालले घोषणा गर्नुभएको प्रतिष्ठानमा वेपत्ता पौडेलकी आमा मोतीमाया पौडेल संरक्षक हुनुहुन्छ भने प्रतिष्ठानको अध्यक्षमा वेपत्ता पौडेलका दाजु केदार पौडेल रहनुभएको छ।उपाध्यक्षमा कमल पौडेल,सचिवमा पौडेलकी जीवन संगिनी सावित्रा दुरा र कोषाध्यक्षमा तेजकुमारी पौडेल हुनुहुन्छ।

प्रतिष्ठानको सदस्यहरुमा वखानसिंह गुरुङ,महेन्द्रमणी पौडेल,पुर्णजित पुन,शिव खनाल,डा.रवी थापा,रश्मी थापा,रवीप्रकाश गुरुङ,कल्पना चिलुवाल र शुक्र चुमान रहनुभएको छ।

घोषणा कार्यक्रममा उपस्थित पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले,रूपान्तरित हुदै सबै दल विकास र समृद्धिको बाटो लाग्न आग्रह गर्नु भयो।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले,एकताको आवश्यकतामा जोड् दिए भने माओवादी केन्द्रका महासचिव देव गुरूङ तथा नेकपा का महासचिव नेत्र विक्रम चन्द’विप्लव’ एवम नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी’निश्चल’ लगायतले आफ्ना भनाइहरू राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link