Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखराका पहिचान पक्षधरको माग ‘कोशी प्रदेश’नामाकरण खारेज!

loading views..
Nepal Telcome

पोखरा। प्रदेश न.१ को कोशी प्रदेश नामाकरण पछाडी पहिचानको आन्दोलन चर्कीएको छ।उक्त आन्दोलन कोशी प्रदेशमा मात्र सिमित छैन।पहिचानवादी आन्दोलनले पुन: देशभर यतिबेला तरङ्गीत बनाएको छ। यसै सन्दर्भमा आज पोखरामा पहिचान पक्षधरहरूले पत्रकार सम्मेलन मार्फत एकिबद्धता जनाएका छन।किरांत सेवा समाज र किरांत याक्थुङ चुम्लुङको आयोजनमा कास्कीमा क्रियाशिल चौध ओटा आदीवासी जनजाती महासंघ एवम सस्थाहरूले प्रदेश न.१ मा भएको पहिचानको आन्दोलन प्रति समर्थन तथा एकिवद्धता जनाएका छन।पत्रकार सम्मेलन मार्फत ‘कोशी प्रदेश’ नाम खारेजको माग गरेका छन।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ,गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म बहादुर गुरूङ्गले पहिचान पक्षमा प्रदेश न.१ मा भएको आन्दोलन प्रति एकिबद्धता जनाउनु भयो।गुरूङ्गले भन्नुभयो,पहिचान पक्षधरहरू एकिकृत मानसिकता साथ एकताबद्ध हुदै पहिचानको आन्दोलन सहभागी हुन अपिल पनि गर्नु भयो।त्यस्तै किरांत सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र राईले,नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान बिरोधी नेता संज्ञा दिनु भयो।ओलीको भनाई प्रति राईले चर्को विमति जनाउनु भयो।

उक्त पत्रकार सम्मेलन,किरांत सेवा समाजका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षता भएको थियो।अध्यक्षता गर्दै राईले किरांतहरूको पहिचान र अहिले पुर्वमा चलिरहेको आन्दोलन बारे अवगत गराएका थिए भने स्वागत मन्तब्य किरांत याक्थुङ चुम्लुङ कास्कीका अध्यक्ष धन बहादुर लिम्बुले गरेका थिए।पत्रकार सम्मेलनको संचालन किरांत सेवा समाजका सचिव दिनेश सुब्बाले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link