Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

गाजा औषधि हो कि लागुऔषध हो बहस हुनुपर्छ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

loading views..
Nepal Telcome

गोरखा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन् ।

बुधबार गृहजिल्ला गोरखा आएका उनले गाजाका विषयमा कानुन खुकुलो बनाउनुपर्ने बताएका हुन् । ‘गाँजा लागू औषध हो कि औषधि हो यस बारेमा बहस हुनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो उनले थपे काठमाडौंमा पनि यसबारे बहस भइरहेको भन्दै उनले यो बहसलाई बृहत बनाउनुपर्ने धारणा राखे । ‘यो हाम्रो मात्र हातमा छैन, गण्डकी प्रदेश सरकारले मात्र कानून बनाएर बैधानिकता पाउदैन, संघिय सरकारले पनि यसलाई बन्देज गरेको छ, कानून खुकुलो बनाउनतर्फ पहल होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । गाँजालाई खुल्ला गरे जनताको आयआर्जनसँगै गण्डकी प्रदेश सरकारको आम्दानीको स्रोतसँग पनि जोड्न सकिने उनले बताए । स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।‘लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सकियो भने गाउँघरमा सानातिना उद्योग पनि सञ्चालन हुन्छ, स्वरोजगार सिर्जना हुन्छ र आर्थिक स्थितिमा सुधार पनि गर्न सकिन्छ’, उनले भने । यसबारे संघीय सरकारसँग बहस सुरु गर्ने तयारीमा रहेको उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link