Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेतृत्वको पुस्तान्तरण हो हस्तान्तरण होइन:दीपशिखा

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेश वाइसीयलको बैठक सम्पन्न भएको छ।बैठकमा माओवादी केन्द्रका युवा नेता तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा’दिपशिखा’ले बैठकलाई सम्वोधन क्रममा भने,’सङ्कट भनेको प्रश्न उब्जनु हो।यो हामी युवाका लागी अवशरको सिर्जना हुनु हो।’बैठकमा उत्साही हुँदै अगाडि बढ्न र नेतृत्व बारे दिपशिखाले बताए ‘नेतृत्वको पुस्तान्तरण हो हस्तान्तरण होइन।फास्टट्रायाकबाट पुस्तान्तरण हुन आवश्यक छ।’

यसैगरी माओवादी नेता हरिराज अधिकारीले बैठकलाई सम्वोधन क्रममा भने,’भ्रष्टचार विरुद्धको आन्दोलनमा सडकमा युवा आउन जरूरी छ।मन्तब्य क्रममा अधिकारीले भने ‘रेशम चौधरी बारे केपी ओलीको दोह्रोर चरित्र छ।’साथै भ्रष्टचार बिरुद्धको अभियानमा प्रधानमन्त्री प्रचण्डको साथमा सबै  जनता रहेको उनले  बताए।

बैठकामा वाइसियल नेपालका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र बहादुर गुरूङ हाईटेक युवाहरूको आवश्यकता बारे जनाए।

गण्डकी प्रदेशका युवा नेताहरूलाई बैठकमा माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरूङ,गण्डकी प्रदेश सचिव जगनाथ खनाल’दिनेश’ एवम वाइसियल उपाध्यक्षहरू सुवित ढुङ्गना,मञ्जु वम र महासचिव गणेश शाहीले सम्वोधन गरेका थिए।

बैठकमा वाइसियल सचिवहरू नरेश के.सी,अनु कुंवर,हरि  र लेखा आयोग प्रमुख विपिन आचार्यको उपस्थिति थियो।

बैठकले भाद्र महिनामा गण्डकी प्रदेश वाइसियलको सम्मेलन तय गरेको छ।

बैठकको संचालन तथा अध्यक्षता शरण सापकोटाले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link