पोखरा। पोखरामा श्री स्वर्णकार कल्याण समिति,कालिगढ कास्कीको माग १५ वर्षपछि लिखित रूपमा सम्वोधन भएको छ।उक्त सम्झौता पत्रमा सुनचांदी ब्यवसायी संघ,कास्की र नेपाल सुनचांदी रत्न तथा आभुषण व्यवसायी संघ कास्की एवम श्री स्वर्णकार कल्याण समिति कास्कीका तिन ओटा संघ समितिका अध्यक्षहरू बिच १२ बुदें सम्झौता पोखरामा भएको छ।उक्त सम्झौता कास्कीमा साऊन बाट लागु हुनेछ।
‘विगतका वर्षमा मौखिक रूपले कल्याण समितिले माग राख्दा सम्वोधन नभएपछि,यसपटक लिखित रूपमा माग पत्र सुनचांदी व्यवसायी संघहरूमा प्रस्तुत गरेका थियौं,विभिन्न चरणमा छलफल र वार्ता पछि लिखित रूपमा नै मागहरूको सम्वोधन गरेका छौ’,स्वर्णकार कल्याण समितिका अध्यक्ष सुरेन्द्र बहादुर विश्वकर्माले वताए।अध्यक्ष विश्वकर्माले साथीहरुको सहयोग,दबाव र धैर्यताको कारण ज्याला जर्तीको मुल्यमा समायोजन एवम समानता कायम हुन सफल भएको जानकारी दिए।
वार्ताका लागि स्वर्णकार कल्याण समितिका कालिगढका तर्फवाट बरिष्ठ उपाध्यक्ष दिपक गहतराजको संयोजकत्वमा ५ सदस्य उपसमिति बनाइ नयाँ ज्याला जर्तिको विवरण वुझाइएको थियो।कालिगढहरुको माग सम्बोधन गर्नका लागि लगतै सुनचाँदी व्यवसायी संघको तर्फवाट बरिष्ठ उपाध्यक्ष भविन्द्र विश्वकर्मा को संयोजकत्वमा ५ सदस्य उपसमिति बनाइएको थियो।साथै नेपाल सुनचांदी रत्न तथा आभूषण संघको तर्फ बाट बरिष्ठ उपाध्यक्ष भरत विकको संयोजकत्वमा ५ सदस्य उपसमिति बनाईएको थियो।
यस सम्झौता संगै कालिगढहरूको ज्यालामा वृद्धि भएको छ भने तोलामा १% लस जर्ती पाउनेछन।सम्झौता कार्वानयन गर्न तीन वटै संस्थाबाट ३/३ जना रहने गरी उपसमिति बनाईएको छ।
ज्याला जर्तीको मागलाई अन्तिम टुङ्गो लगाउन मुख्य भूमिकामा सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजेशमान बुद्धाचार्य,नेपाल सुनचांदी रत्न तथा आभूषण संघका अध्यक्ष राम बहादुर वि.क तथा श्री स्वर्णकार कल्याण समितिका अध्यक्ष सुरेन्द्र बहादुर विश्वकर्माको महत्वपूर्ण भूमिका रहेको थियो।