Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

loading views..
Nepal Telcome

पोखरा। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताएका छन् ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवद्र्धन हुने बताए ।

तिमिल्सिनाले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे । पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढाकेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उनको भनाइ थियो ।भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताउम्दै तिमिल्सिनाले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए । उनले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुशीयाली धेरै टिक्दैन । यो खुशीयालीलाई सधैँ कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले सबैले साझा प्रयत्न गरौं।’नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको उनको भनाइ थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link