Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा घटाए

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवाहरूलाई बुधबारदेखि लागू हुनेगरी भाडादर घटाउन निर्देशन दिएको हो ।भाडादर घटाएसँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ । नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ । काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ । उक्त रूटको भाडादर हालको भन्दा ३२५ रूपैयाँले घटाइएको हो । नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ कायम भएको छ ।

काठमाडौं–नेपालगञ्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ, काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link