Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

गण्डकीको बजेटमा मन्त्रीको मनपरि सत्तापक्षिय सासंदको असन्तुष्टि

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा सदनमा छलफलका क्रममा सत्ता पक्ष कै सासंदहरुले चर्को असन्तुष्टि जनाएका छन्।

उर्जा र पर्यटन मन्त्रालयको बजेट बाँडफाँड बिषयमा छलफलमा सहभागी हुँदै म्याग्दीका लोकप्रिय सांसद हरिबहादुर भण्डारीले मनत्रीको मनपरि तबरबाट बजेट बाँडफाँडले जनताको तहमा व्यापक  असन्तुष्टि आउन सक्ने बिषय तर्फ संकेत गर्दै पर्यटन मन्त्रीले आफ्नो क्षेत्रमा दुईवटा योजना पारिदिएकोमा ब्याङ्ग्यात्मक पाराले धन्यबाद दिदै उनले भने, “विभिन्न सम्भाबना भएको जिल्लामा जम्मा दुइवटा मात्र बजेट बिनियोजन गरिदिनु भएकोमा म पर्यटनमन्त्रीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु। म के भन्न चाहन्छु भने मन्त्रीजी थाक्नु भएको छ,भिडियो क्लिप हेर्दा निदाउनुहुन्छ रातभर बजेटको लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा आफ्नो वडामा, आफ्ना वडामा,आफ्नो टोलमा आफ्ना कार्यकर्ता छुटयो भनेर चिन्ता गरेपनि यो बजेटको समर्थन गर्छु” भनेर आफ्नो भनाइ टुङ्ग्याका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link