Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

माघ ३ गते पोखरामा कांग्रेशको बृहद विरोध प्रदर्शन गर्दै

loading views..
Nepal Telcome

पोखरा । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारको विरुद्धमा आगामी माघ ३ गते नेपाली काँग्रेस पोखरा महानगर समितिको आयोजनामा बृहत विरोध प्रदर्शन कार्यक्रम हुने भएको छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा प्रदर्शनको आयोजना हुने सोमबार बसेको महानगर समिति बैठकले निर्णय गरेको नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठले बताए ।

उक्त प्रदर्शनलाई सफल पार्न सम्पुर्ण प्रजातन्त्रप्रेमी, नागरिक समाज लागायतका व्यक्तिहरुको वृहत सहभागिताका लागि समेत श्रेष्ठले आग्रह गरेका छन् ।

आगामी माघ ३ गते शनिबार बिहान ११ः०० बजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा भेला भई मानवअधिकारचोक चिप्लेढुंगामा विरोध सभाको आयोजना गरिने सो सभालाई केन्द्रिय स्तरका काँग्रेस नेताले सम्बोधन गर्ने कार्यक्रम प्रचार समिति संयोजक नविनराज बरालले जानकारी दिए ।

मानवअधिकारचोक क्षेत्रमा आयोजना गरिने विरोध कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको बरालले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link