Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

पोखरा १६ मा माओबादीको बैठक सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। पोखरा-१६ गायक टोलमा नेकपा(माओवादी केन्द्र)को बैठक सम्पन्न भएको छ।माओवादी केन्द्र पोखरा-१६ का अध्यक्ष निर्मल आचार्यको अध्यक्षतामा बसेको बैठकमा रोशन गायकले स्वागत मन्तब्य राखेका थिए।बैठकमा गण्डकी प्रदेश सल्लाकार गुरूदत्त भट्टराईले माओवादी केन्द्रको नेतृत्व सरकारले भष्ट्रचारको फाईल खुलाएपछि पार्टी प्रति जनआकर्षण बढेको बताए।

युवा नेता विपिन आचार्यले भष्ट्रचारीहरूको सम्पत्ती जफत गरि जनताका आधारभुत आवश्यकता रोजगारी, खानेपानी लगायतका समस्य समाधान गर्ने प्रधानमन्त्री प्रचण्ड लाग्नु भएको बताए।बैठकमा गोमा परियार,सविना राना,रूद्र बहादुर केसी र मन बहादुर घले ले पार्टी सुदृड गर्न सबैले हातेमालो गर्नु पर्ने बताएका थिए।

बैठकको सहजीकरण गायक आमा समाजकी सचिव मधु गायकले गरेकी थिईन।उक्त बैठकमा रोशन गायकले माओवादी केन्द्रमा अविर लगाएर प्रवेश गरेका थिए।प्रवेश पछि गायकले भष्ट्रचार बिरूद्धको सरकारको अभियानमा सबैले साथ दिन अनुरोध गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link