Skip to content
Pokharapress Logo
२ श्रावण २०८३, शनिबार

खेलकुदले बिरामीको चाप घटाउँछ : मन्त्री सिंखडा

loading views..
Nepal Telcome

पोखरा। सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेलकुद क्षेत्रमा सबै मानिस लागेमा अस्पतालको चाप घट्ने बताएकी छन् ।पोखरा शारीरिक सुगठन सङ्घको पदस्थापनलाई सम्बोधन गर्दै उनले सबै मानिस खेल क्षेत्रमा जोडिनुपर्ने धारण राखिन ।

खेलकुद स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने मन्त्री सिंखडाकाे भनाइ छ ।पोखरा शारीरिक सुगठन सघबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पदक ल्याएर देशको नाम राखेको धन्यवाद दिइन । शारीरिक सुगठनमा महिलालाई समेट्नुपर्ने बताइन ।पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले पोखरा शारीरिक सुगठनले खेलकुद भन्दा अन्य सामाजिक काम पनि गर्दै आएको छ ।साउन २० गतेको विशेष अधिवेशनबाट पोखरा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम उदास, द्वितीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव इन्जिनियर उत्तम मान उदास, कोषाध्यक्ष पुष्प उदास चयन भएका थिए ।

सदस्य रञ्जन बुद्वचार्य, अर्जुन गिरी, गौतम उदास, प्रेम पुन, महेश उदास र प्रवीण वैद्य चयन भएका छन् ।दक्षिण केरियामा सम्पन्न साउथ एसियन खेलामा तेस्रो भएका सुरेश गुरुङ र जीवन घिमिरे र मिस्टर पोखराका विजेता केशव उदासलाई सम्मान गरिएको थियो ।२१ वर्ष अघि २०५८ सालमा स्थापना भएको सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link