Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादी केन्द्रको गोरखा इन्चार्जमा दिपक कोइराला, संयोजकमा दिपक तिमिल्सिना

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओवादी केन्द्र गोरखाको इन्चार्जमा दिपक कोइराला ‘रुपक ‘ संयोजकमा दिपक तिमिल्सिना `साकार´लाई जिम्मेवारी तोकिएको छ। शनिवार बसेको पार्टीको गण्डकी प्रदेश बैठकले उनीहरुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी रुपान्तरण सहितको शुद्धिकरण अभियानका लागी इन्चार्ज र संयोजक हेरफेर गरिएको बताइएको छ ।

‘यही भदौ १६ गतेबाट तीन महिने अभियान चल्दैछ,’ पार्टीका गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सिनाले भने, ‘त्यसकै लागी इन्चार्ज र संयोजकको अन्तर जिल्ला सरुवा गरिएको हो ।’

गोरखाका पार्टी इन्चार्ज कोइराला कास्की जिल्लाका हुन् । उनी माओवादी केन्द्रका केन्दिय सदस्य पनि हुन् । पार्टीले संचालन गरेको तीन महिने अभियान अवधिभरका लागि कोइरालाई गोरखाको इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।

यसअघि गोरखा जिल्लाका पार्टी इन्चार्ज अमर तमुलाई नवलपुर खटाइएको उनले जानकारी दिए । उनका अनुसार अभियानका लागी प्रदेश समिति सदस्यको पनि कार्यबिभाजन गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link