काठमाडौ । काठमाडौं उपत्यकामा सानो जग्गासँगै घर जोड्ने सपना धेरैको हुन्छ । भौतिक सेवा सुविधाहरुको राजधानी काठमाडौंमा जग्गा खरिद गर्ने त्यो सपना भने आफुसँग भएको पूँजीले निर्धारण गर्छ ।
सामान्य पूँजी भएका मानिसहहरुले काठमाडौंमा घर घडेरी जोड्न मुस्किल नै पर्छ । तर, केही यस्ता ठाउँहरु पनि छन् जहाँ १० लाख रुपैयाँ भन्दा कम रुपैयाँमा पनि एक आना जग्गा किन्न सकिन्छ । एउटा सामान्य जागिरे व्यक्तिले काठमाडौंमा जग्गा किनेर घर बनाउन सक्ने अवस्था छैन ।
अहिले उपत्यकाको कुनामै पुग्दा पनि टुक्रा जग्गा किन्न आनाको १० लाखभन्दा बढी बुझाउन पर्छ । आनाको १० लाखभन्दा कम मूल्यका टुक्रा जग्गा भेट्याउनै गाह्रो हुने गर्छ ।
तर, अझैँ पनि काठमाडौं भित्र नै एक आना जग्गाको १० लाख रुपैयाँ पर्ने ठाउँ पनि काठमाडौंमा पाइन्छ । त्यसका लागि काठमाडौं उपत्यकाकाको धरै कुनाकाप्चामा पुग्नु पर्ने हुन्छ ।
कीर्तिपुर
कीर्तिपुर नगरपालिकाको भत्केपाटी जंगलसँग जोडिएको ठाउँमा पनि प्रति आनाको १० लाख रुपैयाँसम्म जग्गा पाउन सकिन्छ । सो ठाउँको जालपादेवी मन्दिर, पुष्पलाल पार्क, बाघभैरव मन्दिर, चुनदेवी मन्दिरको आसपासमा पनि सस्तोमा जग्गा पाउन सकिन्छ ।
तारेभिर
गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइनछ ।
मातातिर्थ
काठमाडौंकै चन्द्रागिरी नगरपालिकाको मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँतिर पनि अझै ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ । मातातिर्थमा रहेको मन्डला स्टुडियो योगा एन्ड स्पा सेन्टर वरिपरि ७ देखि १० लाख रुपैयाँ आनामा चिटिक्क मिलेका टुक्रा जग्गाहरु किन्न पाइन्छ ।
इचंगुनारायण क्षेत्र
काठमाडौंको इचंगुनारायण क्षेत्रमा अहिले पनि आनाको १० लाख रुपैयाँमा जग्गा भेटाउन सकिन्छ । काठमाडौंको नागार्जुन नगरपालिकामा पर्ने इचंगुनारायणतर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइने घरजग्गा कारोबार गर्ने वयवसायीहरु बताउँछन् । यो ठाउँ सितापाइला चोकदेखि करीव तीन किलोमिटर दुरीमा पर्छ ।
काभ्रेस्थली
तारकेश्वर नगरपालिकामा पर्ने काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम क्षेत्रमा पनि १० लाख रुपैयाँमा एक आना जग्गा भेटाउन सकिन्छ । सो क्षेत्र ठूलो क्षेत्रफलको जग्गा भेटेमा १० लाखभन्दा कममा पनि जग्गा भेटाउन सकिन्छ ।
माथिल्लो दहचोक क्षेत्र
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको दहचोकको माथिल्लो क्षेत्रमा पनि प्रति आना जग्गा साढे ५ लाखदेखि १० लाखसम्म पाउन सकिने व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार दहचोकको फाँटमा भने आनाकै २०/२५ लाख रुपैयाँ मूल्यमा पाइन्छ ।
चापागाउँ, ललितपूर
ललितपूरको चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका मुलडोल, लेले आसपासको क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् । धेरै जग्गा उठाउँदा आनाको ४/५ लाखमै पाइने बालकुमारी लेखापढीका बिकी महर्जन बताउँछन् । यो क्षेत्रमा ८ देखि १३ फिटसम्मको बाटोमा टुक्रा जग्गा लिँदा आनाको ८ देखि १० लाखसम्म किन्न पाइन्छ ।
सुडाल, भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि प्रति आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइने गरेको छ ।बिकासन्यूजबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.