Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

किन फर्कियो काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै!

loading views..
Nepal Telcome

काठमाण्डु। काठमाण्डुबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।
टिकास के हो ?
जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन ।
अर्को कुरा काठमाडौंबाट दमाम उड्ने जहाजहरु ३५/३६ हजार फिट उचाइमा उड्छन् । यदि टिकासमा समस्या आयो भने २९ हजार फिट भन्दा तलको उचाइमा उड्नुपर्छ । त्यसलाई रिड्युस्ड भर्टिकल सेपरेसन मिनिमा (आरभीएसएम) भनिन्छ । आरभीएसएममा छिर्न मिल्दैन । आरभीएसएम भनेको २९ हजारदेखि ४१ हजार फिटसम्म रहन्छ । लो लेभलमा उड्दा जहाजको इन्धन बढी खर्च हुने गर्दछ ।त्यसैले नेपाल एयरलाइन्सको जहाज दमाम नपुग्दै डाइभर्ट भएको स्रोतले बतायो ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link